बिप्लव का दाई चन्द्र बिक्रम चन्द ( बिरजंग ) को निधन

छिनोफानो   शुक्रबार २९, असोज २०७८ १०:३२

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ ।

जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारी निर्वाह गरेका बिरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय बिरजंगका दुई छोरा र एक श्रीमती छन् । विरजंगको शुक्रबार नै कपिलबस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु