कैलालीमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु एक जना घाईते

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०८:५५

कैलालीमा मोटरसाईकल अनियन्त्रीत हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका २ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी टीकापुरनगरपालिका वडा न १ का १८ वर्षीय सुन्दर मगर र सोही ठाँउका १८ वर्षीय केशव मगरको मृत्यु भएको छ भने १९ वर्षीय आशिष मगर घाईते भएका छन्।  

टिकापुरको पार्कमोड देखी सितापुरजाने क्रममा मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोक्किँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते आशिषको उपचार भइरहेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु