अत्याधिक गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु

छिनोफानो   बिहिबार १७, जेठ २०८१ ०५:५७

धनगढी । अत्याधिक गर्मीका कारण कैलालीमा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियाबाट कैलालीको मसुरिया हुँदै हसुलियाका लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा सवार रानाको गर्मीले बसमै मृत भेटिएको ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दले बताउनुभयो । 

उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ।यसैबिच, गर्मीले जनजीवन कष्टकर बनेपछि कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयहरु केही समयको लागि बन्द गराइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु