धनगढीबाट काठमाण्डौँका लागि उडेको जहाज काठमाण्डौं अवतरण हुन सकेन

छिनोफानो   शुक्रबार १८, जेठ २०८१ १०:०३

धनगढी । धनगढीबाट काठमाण्डौँका लागि उडेको श्री एयरको जहाज काठमाण्डौं अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ।

खराव मौसमका कारण काठमाण्डौं बिमानस्थलमा अवतरण गर्न नसकिएपछि धनगढीबाट उडेको जहाज त्यहाँबाट फर्केर भैरहवा बिमानस्थलमा अवतरण गरिएको हो।  साँझ ६ बजे धनगढीबाट उडेको जहाज काठमाण्डौंको आकाशबाट फर्केर करीव ७ः १५ मा भैरहवा बिमानस्थलमा अवतरण भएको छ।

जहाजमा रहेका सबै यात्रु सकुशल रहेको बताईएको छ। मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका एक सदस्यले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु