सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस

छिनोफानो   शुक्रबार १८, जेठ २०८१ ११:२०

कैलाली ।  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

नायव महालेखा परीक्षक पशुपति काफ्ले र निर्देशक कृष्ण खनालले प्रदेश प्रमुख मियाँलाई  आर्थिक वर्ष २०७९\८०को  प्रतिवेदन पेस गरेका हुन् ।प्रदेश प्रमुख मियाँलाई उक्त प्रतिवेदन पेश गर्दै नायव महालेखा परीक्षक पशुपति काफ्ले आर्थिक वर्ष २०७०\०८०  मा सुदूरपश्चिम प्रदेशमा बेरुजु कम रहेको जानकारी दिएका थिए । उनले लुम्बिनी प्रदेश बाहेक अन्य सबै प्रदेशमा आफ्नो कार्यालयले प्रदेश प्रमुखलाई महालेखापरीक्षकको प्रतिवेदन पेश गरिसकेको जानकारी समेत दिएका थिए । 

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थितिमा नायव महालेखा परीक्षक  काफ्लेले प्रतिवेदन हस्तान्तरण गरेका थिए । प्रदेश प्रमुख मियाँले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन बुझ्दै बेरुजु कम रहने गरि सबै मन्त्रालय तथा निकाय र संस्थाहरूले काम गर्नु पर्ने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु