दुई घण्टापछि श्री एयर जहाज यात्रुहरु बोकेर काठमाण्डौंबाट उडयो

छिनोफानो   आइतबार २०, जेठ २०८१ ०१:३०

काठमाडौं,२० जेठ । जहाजमा समस्या आएपछि काठमाडौं बिमानस्थलमा धावमार्गबाट फर्काईएका यात्रुहरु बोकेर श्री एयरको अर्को जहाज ७६ जना यात्रु बोकेर उडेको छ ।

श्री एयरलाइन्सले बिहान १०ः ३१ मिनेटमा ७६ जना बोकेर काठमाण्डौंबाट धनगढीका लागि जहाज उडेको जनाएको छ ।

बिहान ८ : २५ बजे काठमाण्डौंबाट धनगढीका लागि उड्न तयार रहेको श्री एयरको एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाजमा समस्या आएपछि धावनमार्गबाट पार्किङमा फर्काइएको थियो । दुई घण्टापछि त्यो जहाजका यात्रुहरुलाई राखेर अर्को जहाज काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले पश्चिम टुडेलाई बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु