इलाम । इलाम नगरपालिका २ सुम्बेक पराजुली गाँउमा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
आमा फूलमाया तमाङ् र छोरा जीवन तमाङ् आफनै घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको इलाम प्रहरीले जनाएको छ । फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् ।
बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जवेगुको भनाइ छ ।
प्रतिकृया दिनुहोस