अछाममा आगलागी हुँदा एक लाख बराबरको धनमाल जलेर नष्ट

छिनोफानो   आइतबार २७, जेठ २०८१ ११:३६

अछाम । अछाममा आगलागी हुँदा एक लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्लाको  रामारोसन गाउँपालिका – ५ सल्लीसैन दासबाँडाका जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा बिजुलिको सर्भिस तार सर्ट भइ शनिबार आगलागी भएको हो । 

आगलागी बाट सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी  नियन्त्रणमा लिईएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु