कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी

छिनोफानो   मङ्गलबार २९, जेठ २०८१ ११:०७

धनगढी ।  कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो। खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै जानकी गाउँपालिका५ पथरैयाका ३९ वर्षीय चक्र भुलको गोठमा बिजुलीको तार सट भएर आगलागी भएको छ। भुलको गोठमा आगलागी हुँदा गोठभित्र रहेका अन्नपात, काठ लगायतका सामान गरी अन्दाजी ८३ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइ सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु