धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्।
कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ।
कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–२ मा साेमवार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्। घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका छन। प्रहरीले पोटास र गन्धक पट्किएको अनुमान गरेको छ। तर, प्रयोगशाला परीक्षणको प्रतिवेदन आएको छैन। शिक्षक भण्डारीले घरमा आँप र लिचीको खेती गरेको ठाउँमा जनावर चराचुरुङ्गी धपाउन विस्फोटक पदार्थ प्रयोग गर्दै आएको खुलेको छ। धामीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । शिक्षक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिकृया दिनुहोस