कञ्चनपुरबाट लागुऔषधसहित १ जना पक्राउ परेका

छिनोफानो   बुधबार ३०, जेठ २०८१ ०३:१३

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन ।

जिल्लाको भिमदत्त नगरपालिका – १८ सालघारीका ४१ वर्षिय गणेश पाण्डेयलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले सञ्चालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा शंका लागी चेकजाँच गर्दा ११.८७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र डिजिटल काटा समेत फेला प्रहरीले फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त पदार्थ, डिजिटल काटा र पाण्डेयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।facebook sharing button

twitter sharing button

sharethis sharing button

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु