कैलालीबाट भन्सार छलीका सामान बरामद

छिनोफानो   बिहिबार ३१, जेठ २०८१ १०:३१

धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरको भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार २९० मूल्य बराबरको सामान बरामद गरिएको हो। 

बिडी, सुर्ती, आन्टी, पास्ता लगायतका सामान इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु