चोरीको सामानसहित पाल्पामा एक जना पक्राउ

छिनोफानो   सोमबार ०३, असार २०८१ १०:३५

पाल्पा ।   चोरीको सामानसहित पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका अर्जुन कोइराला रहेका छन् । उनलाई असार १ गते बगनासकालीबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल,  तीन थान मोबाइल, चाँदीकाे एक थान औठी एनसेल र एनटिसीका २० थान  सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद  बरामद गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको श्रेष्ठले बताउनुभयो । सो घटनामा संलग्नको खोजी गर्ने क्रममा कोइरालालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु