लाइटर पड्किँदा अछामको एक घरमा आगलागी

छिनोफानो   मङ्गलबार ०४, असार २०८१ १०:०४

अछाम । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ।

 अछाम जिल्लाको  ढकारी गाउँपालिका–६ मोयमा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको हो।  आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किएको जनाएको छ  । आगलागीबाट घरमा रहेको नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु