बस र टिपर एकापसमा ठोक्किँदा २१ जना घाइते,तीन जनाकाे अवस्था गम्भीर

छिनोफानो   मङ्गलबार ०४, असार २०८१ ११:२०

झापाको कमल गाउँपालिकामा बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रुबाहक बस एकापसमा ठक्कर खाएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी बसमा सवार २१ जना  यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अवस्था सामान्य रहेकाको दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

अवस्था गम्भीर रहेकालाई दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रवक्ता चन्दले जानकारी दिए । बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको  छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु