पहिरोका कारण साँफे–मार्तडी सडक खण्ड अवरुद्ध

छिनोफानो   मङ्गलबार ०४, असार २०८१ ११:३०

अछाम ।  सडक माथिबाट पहिरो आएपछि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ ।

हिजो (सोमबार) राती साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरोले सडक अवरुद्ध भएको  हो । सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन् ।  

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार  सडक अवरुद्ध भए लगत्तै राती नै उक्त स्थानमा घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिएका थिए ।   पहिरो जेसिबीले पन्छाउनु पर्ने भएकोले राती सम्भव नभएको उनले बताए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु