सवारी साधन मर्मत शीर्षकमा  साँफेबगर नगरपालिकाले करिब ८२ लाख खर्च गर्‍यो

छिनोफानो   मङ्गलबार ०४, असार २०८१ ०२:३५

पवन भण्डारी,धनगढी । अछामको साँफेबगर नगरपालिकाले सवारी साधन मर्मतमा  ८१ लाख ३० हजार ४ सय ६५ रुपैयाँ खर्च गरेको भेटिएको छ । 

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा साँफेबगर नगरपालिकाले सो मर्मतमा सो रकम खर्च गरेको पाइएको हो ।

गत आर्थिक वर्ष २०७९र ८० मा यस पालिकाले  ८१ लाख ३० हजार ४ सय ६५ रुपैयाँ  सवारी तथा औजार मर्मतमा  मात्रै खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

नगरपालिकाले बर्ष भरि मेशिनरत तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्चबाट १३ लाख ८७ हजार २ सय ९९ रुपैयाँ ,निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार शीर्षकबाट ६ लाख १२ हजार ३ सय १७ तथा सवारी साधन मर्मत शीर्षकबाट ६१ लाख ६१ लाख ३० हजार ८ सय ४९ गरि ८१ लाख ३० हजार ४ सय ६५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख रहेको छ । 

प्रतिवेदनमा भनिएको छ  मर्मत गर्दा केही मर्मत आदेश स्वीकृत गरेको भए पनि अन्यका बिलहरू मात्र संलग्न राखी भुक्तानी दिएको महालेखाले उल्लेख गरेको छ ।  साँफेबगर नगरपालिकाले इन्धनमा समेत मनोमानी खर्च गरेको भेटिएपछि महालेखाले प्रश्न समेत उठाएको छ । इन्धनमा मात्र साँफेबगर नगरपालिकाले ८८ लाख ६२ हजार ७ सय ९० रुपैयाँ खर्च गरेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु