आर्थिक वर्ष २०७९र ८० मा साँफेबगर नगरपालिकाको मिडिया खर्च करिब ५८ लाख

छिनोफानो   बुधबार ०५, असार २०८१ १२:४५

पवन भण्डारी धनगढी । अछामको साँफेबगर नगरपालिकाले जिल्लामा सञ्चालित विभिन्न मिडियाहरूका लागी ५७ लाख ६८ हजार ६ सय ८७ रुपैयाँ खर्च गरेको भेटिएको छ । 

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा साँफेबगर नगरपालिकाले अन्लाईन विज्ञापन,सूचना प्रसारण,सचेतना मूलक कार्यक्रम प्रसारणमा सो रकम खर्च गरेको पाइएको हो ।

गत आर्थिक वर्ष २०७९र ८० मा यस पालिका ५७ लाख ६७ हजार ६ सय ८७ रुपैयाँ  सञ्चारमा खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

नगरपालिकाले कतिपय मिडियाहरू सँग सम्झौता नगरी भुक्तानी गरेको,खर्च बमोजिम काम भएको पुष्टि हुने कुनै पनि प्रमाण नराखेको प्रतिवेदमा उल्लेख रहेको छ । 

नगरपालिकाले आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन २०७६को दफा २४(२)सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितब्यायी तरिकाले व्यवस्था गर्न भने पनि नगरपालिकाले सो कुरा लागु गरेको छैन ।  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु