कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु

छिनोफानो   बिहिबार ०६, असार २०८१ ११:५८

कञ्चनपुर । कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। 

भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको बुधवार मृत्यु भएको हो।

बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु