कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

छिनोफानो   बिहिबार ०६, असार २०८१ १२:३१

धनगढी ।​   कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट लागूऔषधसहित राकेश चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक बस्ने २७ वर्षीय राकेश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको हो । चौधरीलाई १३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिहं बोहराले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु