गोदावरी धाम स्थित कुम्भवाटिकाको मुख्य कलश चोरी गर्ने दुईजना पक्राउ

छिनोफानो   शुक्रबार ०७, असार २०८१ १०:१७

कैलाली । कैलालीको गोदावरी धाम स्थित कुम्भवाटिकाको मुख्य कलश चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका ४ हाटखोलीका ३९ वर्षीय बल बहादुर रावत रहेका छन् ।

हिजो राती उनीहरुले कुम्भवाटिकाको मुख्य कलश  चोरी गरेका थिए। उनीहरुको साथबाट तोडफोड गरिएको अवस्थामा कलस बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु