माल्टा पठाउँछु भन्दै ५० लाख ठगी गरेको आरोपमा बझाङका जोशी पक्राउ

छिनोफानो   शुक्रबार ०७, असार २०८१ ०४:३६

काठमाडौं    वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो।

वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै ५० लाख रुपैयाँभन्दा रकम असुलेको बुझिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु