नाबालिका जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ

छिनोफानो   शुक्रबार ०७, असार २०८१ ०४:४४

हेटौंडा ।  नाबालिका जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन्।

१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट पक्राउ परेका हुन्।

नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए।

एसपी रिजालका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ।

एसपी रिजालले नाबालिकामाथि जरबजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए। तर, प्रहरीबाटै भएको जबरजस्तीकरणीको मुद्दा गुपचुपमा राखिएको थियो।

अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटकपटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ। नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन्। नाबालिका बस्ने छात्राबासकी एक महिलाले बोटले पठाएको प्रेम पत्र भेटेपछि सोधपुछ गर्दा उनीमाथि भएको घटना बाहिर आएको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु