सुरतका विद्यालय,तथा सस्थाहरुमा योग अभ्यास सम्पन्न

छिनोफानो   शनिबार ०८, असार २०८१ ०३:१३

सुरत । विश्व योग दिवसको अवसरमा हाम्रो स्वभीमान ट्रस्ट पतञ्जलिले सुरत महानगरपालिकाका विभिन्न ठाउँमा योग अभ्यास गराएको छ । गुजराँत सरकार सुरत महानगरपालिकाको आयोजनामा  विभिन्न विद्यालय तथा सस्थाहरुमा योग अभ्यास गराइएको हो । 

गुजराँत योग बोर्ड पतन्जली हाम्रो  स्वभीमान ट्रस  राज्य सेक्रेटरी  चुम्बक राज रेग्मी र महिला प्रभारी पूर्णिमा रेग्मीले योग अभ्यास गराउनु भएको थियो । ब्रह्म  कुमारी ग्रुप,दीप  दर्शन विद्यालयका विद्यार्थी तथा मिलिनेयम महिला ग्रुपका सदस्यहरू लाई योग गराइएको हाम्रो स्वभीमान ट्रस्ट पतञ्जलिका गुजराँत योग बोर्ड सेक्रेटरी चुम्बक राज रेग्मीले बताए । 

उनले भने योग मानव जीवनका लागी निकै महत्त्वपूर्ण छ दैनिक योग गर्नाले शरीर स्वास्थ्य र निरोगी हुने बताए । आफूहरूले पछिल्लो समय भारतको गुजरात सुरतमा हाम्रो स्वभीमान ट्रस्ट पतञ्जलि सञ्चालन गरेर योग अभ्यास सिकाउँदै आएको रेग्मीले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु