बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु

छिनोफानो   आइतबार ०९, असार २०८१ ११:२४

बैतडी । बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर १० महरागाउँका ५ वर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए।

बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु