कैलालीमा ट्याक्टर दुर्घटनामापरी एक जनाको मृत्यृ

छिनोफानो   आइतबार ०९, असार २०८१ ११:२९

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चालकको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । 

मृत्यु हुनेमा सुर्खेतको पञ्चमुरी नगरपालिका–२ का २१ वर्षीय शेरबहादुर नेपाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सो कार्यालयका अनुसार नेपालीले चलाएको भे १ त ८७३५ नम्बरको ट्याक्टर गए राति लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारमा अनियन्त्रित भएर नालामा खसेको थियो । 

दुर्घटनापछि उद्धार गरेर राति नै उपचारका लागि अस्पताल पुर्‍यइएकोमा चालक नेपालीको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते २० वर्षीय दिलबहादुर नेपालीको भने लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु