अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई पहिलो पटक हरायो

छिनोफानो   आइतबार ०९, असार २०८१ १२:२५

काठमाण्डौ – अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत 'सुपर–आठ' काे समूह 'एक' को आज दोस्राे खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।

अहिलेसम्म टी–२० विश्वकपमा दुवै टोलीबीच दुई पटक भेट भएकाे छ । यसअघि सन् २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । आजको जितसँगै समूह 'एक' को अङ्क तालिका रोमाञ्चक बनेको छ । समूह 'एक' मा भारत दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको समान दुई अङ्क रहेको छ ।

समूहमा अब भोलि बेलुका सवा ८ बजे भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बङ्गलादेशबीच पर्सि मङ्गलवार बिहान सवा ६ बजे खेल हुनेछ । बाँकी खेलमा भारतले अस्ट्रेलियालाई र अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि 'सुपर–आठ' को खेलमा अफगानिस्तान भारतसँग ४७ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु