धनगढीमा तेस्रो लिङ्गीहरुले सडकमा युवाहरुलाई जिस्काउन थालेपछि .........

छिनोफानो   आइतबार ०९, असार २०८१ ०३:००

धनगढी : कैलालीको धनगढीबाट प्रहरीले ६ जना तेस्रो लिङ्गी पक्राउ गरेको छ  । सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । धनगढी  उपमहानगरपालिका–३ चटकपुरमा सडकमा हिडडुल गर्नेहरुलाई अनावश्यक हैरानी दिने काम गरेपछि उनिहरु लाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । तेस्रो लिङ्गीहरुले चटकपुर क्षेत्रमा  युवाहरु लाई बिभिन्न बहाना बनायर लुटपाट गर्ने,कतिपय लाई कुटपिट सम्म  गरेको गुनाँसो आएपछि उनिहरुलाई नियन्त्रणमा लिएको ढुंगानाले बताए ।  

प्रहरीले नियन्त्रणमा  लिएका तेस्रो लिङ्गीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान गर्ने काम भइरहेको उनले बताए । पक्राउ पर्नेमा पर्साको बिरगञ्ज महानगरपालिका–४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी उप–महानगरपालिका–६ बस्ने १ वर्षीया रेनुसिंह ठकुरी, गौरीगंगा नगरपालिका–५ बस्ने १८ वर्षीया पारु ठकुरी, वडा नम्बर ४ बस्ने १(वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका–१) बस्ने १(वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका–१) बस्ने १८ वर्षीया निशा बोहरालाई प्रहरी नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु