महाकाली र चमेलिया नदीको दोभानमा एक महिलाको शव फेला

छिनोफानो   सोमबार १०, असार २०८१ १०:५०

बैतडी ।​   महाकाली र चमेलिया नदीको दोभानमा एक महिलाको शव फेला परेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा दार्चुला घर भएकी महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

दार्चुलाको लेकम गाउँपालिका ४ दमसैना घर भएकी २२ बर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव फेला परेको बताइएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु