अवैध भन्सार छलिका सामान छोप्न सक्रिय कैलाली प्रहरी तस्कर छोप्न असफल

छिनोफानो   सोमबार १०, असार २०८१ ०१:०४

पवन भण्डारी,धनगढी । पछिल्लो समय कैलालीमा प्रहरीले अवैध भन्सार छलिका समान नियन्त्रण गर्ने कार्यमा त्रिब्रता दिएको छ । प्रहरीले सिमानाका तथा सिमानाका बाट भित्रिसकेका अवैध समानहरू लाई समेत मिसन नै बनाएर छापा मार्दै बरामद गर्दे आएको हो । तर प्रहरीले सामानहरू बरामद गरे पनि सामान तस्करहरू भने उम्कन सफल भएका छन । 

आइतबार मात्र कैलालीको विभिन्न ठाउँबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका ५ लाख ५० हजार २ सय ८३ मूल्य बराबरका विभिन्न सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

आइतबार वडा प्रहरी कार्यालय बाट खटिएको टोलीले बसपार्क क्षेत्रबाट ३ लाख १० हजार २ सय ५० मूल्य बराबरका विभिन्न सामानहरू बरामद गरेको थियो भने कैलालीका टिकापुर,अत्तरिया,चौराहा लगायतका ठाउँबाट विभिन्न अवैध सामानहरू बरामद गर्दै आएको छ ।  तर प्रहरीले सामान तस्करहरू भने समात्न सकेको छैन ।  

खुल्ला सिमानाका र नजिक भारतीय बजार भएको ले कैलाली र कञ्चनपुरमा अवैध सामान ओसार पसार बढी भइरहेको भन्दै प्रहरीले सिमानाका तथा जिल्ला भित्र कडा निगरानी गर्दै आएको छ 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु