कैलालीमा उजाड पारियो बाढीपीडित बस्ती,नगरप्रमुखले जनाए आपत्ति

छिनोफानो   मङ्गलबार ११, असार २०८१ ११:१२

कैलाली । भजनीका नगरपालिकाको वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई बस्तीमा वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी डोजर चलाएको छ । 

 वन डिभिजन कार्यालय पहलमानपुरले बाढीपीडितका नाममा बस्दै आएका झन्डै पाँच सय परिवारलाई हटाएर २० हेक्टर ३० बिघा क्षेत्र खाली गराएको छ ।  सो क्षेत्रका मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको समेत आग्रहमा ३५ र सात दिने सूचना जारी गरेर बाढी पीडितका नाममा जङ्गलमा बस्दै आएकालाई हटाइएको वन डिभिजन कार्यालयले जनाएको छ । 

वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घर टहरा भत्काउन थालिएको छ । भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा ३, ५, ७ र ९ का बासिन्दा बाढी पीडित भन्दै बस्दै आएका थिए ।  

भजनीका नगरप्रमुख केवल चौधरीले भने वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाएका छन् । 

No photo description available.

May be an image of lumberyard

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु