श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

छिनोफानो   मङ्गलबार ११, असार २०८१ ०२:३४

धनगढी ।​  श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।

कञ्चनपुरका ३३ वर्षीय पुरुष पक्राउ परेका हुन्। उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए। शाहकी श्रीमतीले  जबरजस्ती करणीमा उजुरी दर्ता गरेकी थिइन्।

उनले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। शाहलाई नेपालगञ्जबाट सोमबार इलाका प्रहरी कार्यालय सुखडमा ल्याएर हिरासतमा राखिएको छ।

मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु