अछाममा करेन्ट लागेर बालकको मृत्यु

छिनोफानो   मङ्गलबार ११, असार २०८१ ०४:०७

अछाम । बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछामको तुर्माखाँद गाउँपालिकामा मङ्गलबार दिउँसो एक बालकको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको हो ।

करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको स्थानीय गणेश बहादुर शाहीले जानकारी दिनुभयो । मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ ।

बिमलसँगै गएका झंकर भने सकुशल रहेको शाहीको भनाइ छ । मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु