गैह्र जिम्मेवार बन्यो आर्थिक मामिला मन्त्रालय,सार्वजनिक गर्नुअघि बाहिरियो रातो किताब

छिनोफानो   मङ्गलबार ११, असार २०८१ ०६:०७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब लिक भएको छ । सरकार र आर्थिक मामिला मन्त्रालयले रातो किताब सार्वजनिक गर्नुअघि नै लिक भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले सरकारले असार १ गते ल्याएको बजेट  हाल सम्म  छलफल कै क्रममा रहेको छ । 

प्रदेश सरकारले बजेट ल्याइसकेपछि  प्रदेश सभाको बैठक बस्न सकेको छैन । सभा सञ्चालन नहुँदा बजेट हाल सम्म पास हुन नसकेको हो । तर प्रदेश सरकारले ल्याउन लागेको रातो किताबको पिडिएफ फाइल बाहिरिए सँगै अहिले प्रदेश सरकारको आलोचना समेत भएको छ ।

बजेट नआउनु अगाडी नै नागरिकहरूले प्रदेश सरकारले बिचौलियाहरूलाई योजना बेचबिखन गरेको आरोप लगाउँदै आएका थिए । अहिले रातो किताबको पिडिएफ सामाजिक सञ्जाल, ह्वाट्सएप, प्यासेन्जरमा सो फाइल भाइरल छ । 

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर बजेट ल्याएको भोलिपल्टै सचिवको सरुवा भएका कारण रातो किताब सार्वजनिक हुन सकेको थिएन । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्र पालले आधिकारिक रूपमा रातो किताब सार्वजनिक नगरिएको बताउँदै बाहिरीयको पिडिएफ को बारे अर्थ मन्त्रालयका कर्मचारीहरू सँग स्पष्टीकरण  मागिने बताए । 

रातो किताब भन्दै सामाजिक सञ्जालमा भाइरल गरिरहेको बिषयमा मन्त्री पालले आफूलाई यो बिषयमा जानकारी नरहेको र समाचारबाटै जानकारी पाएको बताउँदै  आफू गृह जिल्ला बैतडीबाट फर्किँदै गरेको र भोलि नै यो बिषयमा छलफल गर्ने बताए ।

सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलले सरकारले बजेट भाषण पछि रातो किताब जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ । दलका नेता कमल बहादुर शाहले मन्त्रालय भागबन्डामा कुरा नमिलेका कारण रातो किताब नआएको भन्दै सरकारको आलोचना गरे ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु