कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी सिकारी नियन्त्रण गर्न नेपाल-भारतका अधिकारी एकजुट

छिनोफानो   बिहिबार १३, असार २०८१ १०:३५

धनगढी ।  कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनावद्ध एवं थप प्रभावकारी रूपमा अघि बढ्नेमा दुई देशका वन सम्वद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाएका छन् ।

बुधबार धनगढीमा सम्पन्न दुइ देशका वन कर्मचारी र संरक्षणकर्मीबीच भएको मैत्रीपूर्ण छलफलमा दुवै देशका अधिकारीहरुले अवैध रूपमा हुने चोरी सिकारी नियन्त्रणका लागी एक अर्कालाई समयमै सुचना आदान प्रदान गरी त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीम प्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा हुने वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूचना आदान प्रदान गरिने बताए । सीमा क्षेत्रमा हुन सक्ने यस्ता घटना नियन्त्रणका लागि नेपालका तर्फबाट वन कर्मचारी अहोरात्र खटिएको भन्दै यसलाई अझ प्रभावकारी बनाइने बताए ।

सीमावर्ती क्षेत्रमा पर्ने कुण्डा सव डिभिजन कार्यालय पुनर्वासका वन अधिकृत दिनेश कुमार यादवले सीमावर्ती क्षेत्रमा पछिल्लो समय मानव र वन्यजन्तु बिच द्वन्द्व वढदै गएकाले यसको नियन्त्रणका लागी दुवै देशले प्रभावकारी कार्यक्रम लागु गर्नुपर्ने बताए ।वन्यजन्तुको ओहोरदोहोर गर्ने करीडोरको संरक्षण नगरे सम्म यस्ता घटना बढदै जाने भन्दै यस विषयमा समुदाय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा पुर्नवास नगर पालीकाकी उपप्रमुख भुलिया कुमारी राना, लालझाडी मोहना बन संरक्षण क्षेत्र परिषद् अध्यक्ष राज बहादुर ऐर, उपाध्यक्ष पदम बहादुर देउवा, भारत उत्तर प्रदेश दुधवा टाइगर रिजर्भका बन अधिकारी धर्मेन्द्र द्विवेदी, महावीर सिंह, विकास कुमार वर्मा, रमेश यादव, प्रभारी निरीक्षक अवधेश कुमार यादव, शुक्लाफाँटा राष्ट्रिय संरक्षण अधिकृत मनोज कुमार ऐर लगायतले धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु