कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु

छिनोफानो   बिहिबार १३, असार २०८१ १०:५०

धनगढी ।  कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको सर्पले डसेर मृत्यु भएको हो । मंगलबार साँझ पाण्डेयलाई सर्पले डसेर मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए ।

करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु