पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख चलाउनेको शासन : सरकारी सवारी साधनमा पारिवारिक रजगज

छिनोफानो   बिहिबार १३, असार २०८१ ०१:२६

पवन भण्डारी,धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउने ले सरकारी सवारी साधनको दुरुपयोग गरेको भेटिएको छ । नगरप्रमुख चलाउनेले नगरपालिकाको सरकारी मोटरसाइकल आफ्नो बुहारी लाई विद्यालय पु¥र्याउन र ल्याउन प्रयोग गरेकी हुन । 

दैनिक रूपमा नगरपालिकाको भे १ ब १८१२ नम्बरको मोटरसाइकलमा  नगरपालिकाका कार्यालय सहयोगी पारस केसीले उनकी बुहारी  निर्मला रावल धामीलाई विद्यालय छोड्ने र ल्याउने गरेपछि स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय विनायकमा बुझाएका छन ।  

धामी वडा नं २ मा रहेको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका हुन । धामीलाई दैनिक रूपमा फरक फरक  सरकारी सवारी साधनको प्रयोग गर्दै विद्यालय सम्म छोड्ने गरेको समाचार श्रोतको भनाई छ । नगरप्रमुखले सरकारी सवारी साधन दैनिक रूपमा दुरुपयोग गर्नु भएको थियो पछि स्थानीय व्यवसायी एवम् समाजसेवी राज देवकोटाको टोलिले मोटसाईकल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए समाचार श्रोत भन्छ । सरकारी मोटरसाईकलमा  शिक्षिकालाई छोड्दै गर्दा मोटरसाइकल नियन्त्रणमा लिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ । 

पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद सापकोटाले नगरपालिकाका कार्यालय सहयोगीले नगरप्रमुखका स्वकीय सचिएको श्रीमतीलाई छोड्न नगरपालिकाको मोटर साईकल प्रयोग गरेको स्वीकार गरेका छन । 

उनले भने उनी पनि सरकारी कर्मचारी हुन त्यसैले हामीले उहाँलाई छोड्न पठाएका हौ । सरकारी कर्मचारीले नगरपालिकाको सरकारी सवारी साधन प्रयोग गर्न पाउने बताउँदै सापकोटा भन्छन् “उनको श्रीमान् पनि सरकारी जागिरे नगरपालिकामा उहाँ स्कुलमा त्यसैले हामीले उनलाई विद्यालय सम्म छोड्न लगाएका होै ।  सो बिषयमा नगर  प्रमुख चलाउने लाई सम्पर्क गर्न खोज्दा उहाँको फोन रिसिभ भएन ।  

https://www.facebook.com/reel/1013228437037362

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु