बाजुरामा खैरो हिरोईन र गाँजासहित २ जना पक्राउ

छिनोफानो   शुक्रबार १४, असार २०८१ ११:००

धनगढी ।  बाजुरामा खैरो हिरोईन र गाँजासहित २ जना पक्राउ परेका छन्।

बुढिगंगा नगरपालिका–७ वायल बस्ने २१ वर्षीय बाबुराम खड्काको कुखुरा फार्ममा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ४१० मिलिग्राम लागूऔषध (खैरो हिरोईन), डिजिटल तराजु थान–१ र ४१० मिलिग्राम लागूऔषध (गाँजा) फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

फार्मबाट खैरो हिरोईन र गाँजासहित बावुराम खड्का र खप्तड–छेडेदह गाउँपालिका–५ डोगडी बस्ने २६ वर्षीय दिपक रावतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बाजुरा प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु