सुदूरपश्चिमका अस्पतालमा बजेट अभाव हुँदैन : मन्त्री भाट

छिनोफानो   शुक्रबार १४, असार २०८१ ११:०६

धनगढी । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले सुदूरपश्चिमका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  यस्तै उनले महत्वपूर्ण कुराका रूपमा रहेको ओएन्डएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएन्डएम गराइछाड्ने जिकिर गरे।

त्यस्तै उनले आगामी दिनमा आउनसक्ने विपद् जोखिमको पूर्व तयारीका लागि पनि प्रदेशका सबै अस्पताललाई तयारी गर्न निर्देशन दिएका छन्। जसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाई छ।सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरू सहभागी थिए। उनीहरूले प्रदेश सरकारको इतिहासमै सामाजिक विकास मन्त्रीले पहिलोपटक अध्यक्ष र मेसुहरूलाई बोलाएर सामूहिक छलफल गराएको भन्दै मन्त्रीको प्रशंसासमेत गरे।

कार्यक्रममा उनीहरूले स्वास्थ्यकर्मीलाई दिनुपर्ने अतिरिक्त भत्ताको विषय पनि उठाएका छन्। सो विषय चाडै समाधान हुने र चिकित्सकलाई प्रोत्साहन भत्ता दिने कुरामा आफू प्रतिबद्ध रहेको मन्त्री भाटले जनाए।त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरूले आफ्नो र अस्पतालको सुरक्षाको विषय पनि महत्वपूर्ण रहेको कार्यक्रममा बताएका थिए भने सबै सुदूरपश्चिमका अस्पतालको स्तरवृद्धि गर्नुपर्ने सहभागी अध्यक्षहरूको भनाई थियो।

त्यस्तै विपद्का लागि टिमहरू बनाएर तयारी थालिएको पनि अस्पतालहरूको दाबी छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु