पञ्चदेवल विनायक नगरपालिकाका जनप्रतिनिधिले गरे भ्रमणमा २१ लाख हजार ४७ खर्च

पवन भण्डारी   शुक्रबार १४, असार २०८१ ०१:५१

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले भ्रमणमा मात्र २१ लाख ४७  हजार खर्च गरेका छन । 

आर्थिक बर्ष २०७९÷०८० को महालेखा  परीक्षक कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा  जनप्रतिनिधि तथा कर्मचारीहरू भ्रमण खर्ज १४ लाख ८९ हजार ८ सय ६ रुपैयाँ तथा अनुगमन तथा मूल्याङ्कन शीर्षक बाट ६ लाख ५७ हजार ६ सय ६५ रुपैयाँ गरि जम्मा २१ लाख ४७  हजार ४ सय ७१ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ । 

नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले अधिकांश भ्रमण कार्यालय कै कामको लागी भनिए पनि सो कामको स्पष्ट आधार नदेखिएको र भ्रमण प्रतिवेदन समेत पेस नगरी रकम भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख रहेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु