अध्यक्षले कुटेपछि मेलौलीका कर्मचारी आन्दोलित

छिनोफानो   शुक्रबार १४, असार २०८१ ०२:२४

बैतडी : बैतडीको मेलौली नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । बिहीबार दिउँसो वडा अध्यक्षले कर्मचारीमाथि कुटपीट गरेको भन्दै अत्यावश्यक बाहेकका सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् । वडा न. ९का अध्यक्ष लोकराज भट्टले जिन्सी शाखामा कार्यरत सहायक पाचौँ चक्रमणी जोशीमाथि कुटपीट गरेको कर्मचारीहरुको आरोप छ ।
नगरपालिकाका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै आजैका मितिदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन शुरु गरेका छन् । सुरक्षाको प्रत्याभूती हुनुपर्ने, काम गर्ने वातावरण हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने आफूहरुको माग रहेको कर्मचारीहरुले बताएका छन् ।

नगरपालिकामा देखिएको विवादका बिषयमा छलफल गरेर समाधानको प्रयास भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । दिउँसो वडा अध्यक्ष र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएपछि कामकाजमा बाधा पुगेको उनले बताए । उनले भने ‘नगर प्रमुख आज बाहिर हुनुहुन्छ ।

उहाँ भोलि फर्केपछि छलफल गरेर समस्याको समाधानतिर लाग्छौं । उपप्रमुखज्यूसहित अहिले पनि छलफल भइरहेको छ ।’यता वडाअध्यक्ष लोकराज भट्टले भने दोहोरो हातपात भएको बताएका छन् । उनले वडाको बजेट वडाको सिफारिस बिनै किन खर्चेको भनि प्रश्न गर्दा कुर्सीबाट उठेर आएको र हातपातको स्थिती सिर्जना भएको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु