जिल्ला अस्पताल अछाममा आर्थिक मसान्त मै मेसु परिवर्तन,चन्द्र शेखरलाई सरुवा गर्दै फेरी रविको ईन्ट्री

छिनोफानो   शुक्रबार १४, असार २०८१ ०६:५३

पवन भण्डारी,अछाम । आर्थिक मसान्त सकिनै लाग्दा जिल्ला अस्पताल अछामको मेसु परिवर्तन गरिएको छ । तत्कालीन मेसु डाक्टर चन्द्र शेखर यादवलाई सरुवा गर्दै उनको ठाउँमा डाक्टर रवि यादवलाई जिम्मेवारी दिइएको हो ।

आर्थिक मसान्त सकिनै लाग्दा जिल्ला अस्पताल अछामको मेसु परिवर्तन हुनुले नागरिकमा शङ्का उत्पन्न गरेको छ । जिल्ला अस्पताल अछाममा आठौँ तहको १ दरबन्दी रहेको छ । तर डाक्टर रबी यादव र डाक्टर चन्द्र शेखर यादव दुवै जना आठौँ तहका डाक्टर हुन । 

डाक्टर रबी याद बलाइ केही समय पहिले स्वास्थ्य मन्त्रालयले काज फिर्ता गर्दे उनको ठाउँमा डाक्टर चन्द्र शेखर यादव मेसुमा नियुक्त गरेको थियो । पछि डाक्टर रवि यादवले आफूलाई बिना जानकारी काज फिर्ता गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

अदालतले रवि यादवलाई जिल्ला अस्पताल अछाममा हाजिरी हुन आदेश दिएको भए पनि उनीमाथि फैसला भने भएको थिएन । अदालतले २०८१ वैशाख ७ गते आदेश अनुसार एकै पदमा दुई जनालाई खटाएको हुँदा  मन्त्रालयको प्रशासनिक निकाय बाट दरबन्दी मिलान गर्न सक्ने भनी आदेश जारी गरेको थियो । स्वास्थ्य मन्त्रालयले आर्थिक मसान्तकै बेला आफू काम गरिरहेको अवस्थामा एक्कासि सरुवा गर्नुले आफू माथि स्वास्थ्य मन्त्रालयले निकै अन्याय गरेको बताए ।

उनले भने मैले काम गर्न लागेको ६ महिना नपुग्दै बिना कुनै आधार आफूलाई सरुवा गर्नु दुःखद भएको बताए । मेसु बनाउन कै लागी मलाई हटाएको बताउँदै उनले भने स्वास्थ्य मन्त्रालयले म माथि अन्याय ग¥र्यो । जिल्ला अस्पताल अछाममा राजनैतिक कलहले कुनै पनि मेसु लामो समय सम्म बस्न सकेका छैनन् ,।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु