धनगढी बाट करिब ११ लाख बराबरको अवैध सामान सहित दुई जना पक्राउ

पवन भण्डारी   शनिबार १५, असार २०८१ ०४:४६

धनगढी । कैलालीको धनगढीमा प्रहरीले करिब ११ लाख बराबरको अवैध भन्सार छलिका समानसहित दुई जनालाई पक्राउ गरेको छ  । धनगढी उपमहानगरपालिका १ स्थित नवदुर्गा मन्दिर नजिकबाट प्रहरी १० लाख ७२ हजार बराबरको सामान सहित दुई जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं १ बस्ने  हरि बुढाले चलाएको सु.प.प्र।.०१–००१ ज १२७९ नम्बरको म्याजिक र म्याजिकमा  सवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ०९ बस्ने सरस्वती बि.क.बिकलाई अवैध सामान सहित पक्राउ गरेको हो । 

भारतबाट भन्सार छली ल्याएको, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरी अन्दाजी  १० लाख ७२ हजार  बराबरको मालसमानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु