अछाम र बाजुरामा विद्युत् अवरुद्ध

छिनोफानो   बुधबार १९, असार २०८१ १०:१७

नेपाल विद्युत् प्राधिकरणको साँफेबगरस्थित सब-स्टेसनको इनकमरमा समस्या उत्पन्न भएपछि अछाम र बाजुराको बिजुली अवरुद्ध भएको छ ।

सब-स्टेसनको इनकमरमा रातीबाट नै प्राविधिक समस्या आएर विद्युत् अवरुद्ध भएको बताइएको छ ।  साँफेबगरमा रहेको सब(स्टेसनको ११ केभीमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको अछाम वितरण केन्द्रले जानकारी दिएको छ । समस्या आएकोमा मर्मत कार्य भइरहेकोले कार्य सम्पन्न भएपछि मात्रै विद्युत् प्रवाह हुने केन्द्रले सूचना जारी गरेको छ ।  

इनकमरमा समस्या आएकोले बत्ती लागि रहेको छैन, हामीले हेरिरहका छौँ ।झ प्राधिकरण अछाम वितरण केन्द्र प्रमुख हिकमत बहादुर बिसीले भन्नुभयो । आज नै बत्ती आउने गरेर काम गरिरहेको बिसीको भनाइ छ । अछाममा रातीबाट झरी परिरहेको छ । 

सो स्थानबाट अछामका १० वटै स्थानीय तह र बाजुरा जिल्लामा विद्युत् जोडिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु