प्रवासी पत्रकार विवेक भण्डारीको व्यङ्ग्यात्मक डेउडा गीत लाली पाउडर लाउनी बजारमा (भिडियो सहित )

छिनोफानो   बिहिबार २०, असार २०८१ १२:००

गायक तथा प्रवासी पत्रकार विवेक भण्डारीको डेउडा भाका लाली पाउडर लाउनीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अछामको मंगलसैन नगरपालिका ६ घर भई हाल भारतको पुणेमा बस्दै रोजगारी सँगै पत्रकारिता गरिरहनु भएका भण्डारीको उक्त डेउडा गीतमा गायिका धना परियारले साथ दिनु भएको छ । समाजमा पछिल्लो समय बढ्दै गइरहेको विकृति विरुद्ध उक्त गीतबाट गाएको भण्डारीले चिरफार गरेका छन ।

आफ्नै लय स्वर तथा अभिनय  रहेको उक्त गीतमा शब्द पनि गायक भण्डारी र राम प्रसाद भण्डारीको रहेको छ । विवेक भण्डारी युट्युब च्यानलबाट रिलिज भएको उक्त गीतमा मोडल तर्फ बिबेक भण्डारी कुसुम भट्टले अभिनय गरेका छन भने कथा निर्देशन गायक खुमन शाहीले गर्नु भएको छ ।

गीत रिलिज पछि छिनोफानो डटकम सँग कुरा गर्दै गायक भण्डारीले भने मैले नेपाली गीत सङ्गीत मार्फत पनि समाज परिवर्तनको आवाज उठाउनु पर्छ । त्यसैले मैले समाजमा रहेको पछिल्लो चलन चल्तीलाई यस गीतमा विरोध गरेको छु । भारतबाट पत्रकारिता समेत गर्दै आएका भण्डारीले भने फेसनको नाममा अहिले आधा शरीर लुगा लगाएर हिँड्ने परम्परा नै बसिसकेको छ यो गलत हो म गलत नै भन्छु त्यसैले मैले यो गीतमा यस्तो गर्नु हुँदैन भन्ने भाव दिएको हु ।

विगतमा पनि गीत गाएको छु अझै पनि गीत गाउने छु उनले भने तर माया प्रेम मात्र होइन सन्देश मूलक गीत गाउने छु । साथै उनले सबै लाई गीत हेरेर सुझाव सल्लाह दिन आग्रह गरे । गीतको सम्पादन तथा छायाङ्कन रबी आउँजीले गर्नु भएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु