मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई मुद्दा

छिनोफानो   शुक्रबार २१, असार २०८१ १०:०४

तनहुँ ।   मदिरा गरेर सवारी चलाएको आरोपमा तनहुँमा प्रहरीद्वारा एक जना एम्बुलेन्स चालकलाई पक्राउ गरिएको छ । ग २ च ७००२ नम्बरको एम्बुलेन्स चालक पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मियालाई मादक पदार्थ सेवन  गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१३ मियापाटन स्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चालक मियालाईलाई चेक गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रनाउ रायले जानकारी दिनुभयो । 

तनहुँको सदरमुकाम दमौलीबाट पोखरा जाने क्रममा मियाले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिकामा दुर्घटना परेको थियो ।  चालक मियाले विपरीत दिशाबाट गई माइक्रो बसलाई ठक्कर दिई क्षति पुर्याएकोले नियन्त्रणमा लिइएको रायले जानकारी दिनुभयो ।  

प्रनाउ रायका अनुसार मियालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । 

कुनै एम्बुलेन्स चालकले मदिरा सेवन गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गर्दै रायले भन्नुभयो, ‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो बिरामीको ज्यान बचाउनका लागि चाँडै अस्पताल सहज रूपमा पुर्याउनु पर्ने हुन्छ तर मदिरा सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरू उच्च जोखिममा हुन्छन् ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु