सल्यानमा जबरजस्ती करणीको आरोपमा एक पुरूष पक्राउ

छिनोफानो   शुक्रबार २१, असार २०८१ ०४:५६

सल्यानमा जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका– ३ टोट्केका ४२ वर्षीय टोपबहादुर वली जबरजस्ती करणी आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यहि असार १९ गते ४३ वर्षीया महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको आरोपमा बिहीबार जाहेरी परेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

आरोपि वलीको घर खानतलासी गर्ने क्रममा बारुद र फलामको टुक्रा भरी पड्काउन तयारी अवस्थामा राखेको एकनाले भरुवा बन्दुक फेला परेको उनको भनाइ छ।

पक्राउ परेका वलीलाई जबरजस्ती करणी तथा हातहतियार खरखजनासम्बत्धी कसुरमा हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। उनीमाथि अनुसन्धानका लागि सल्यान जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको सूचना अधिकारी धमलाले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु