तनहुँमा पहिरोमा पुरिएका थप दुई जनाको शव भेटियो

छिनोफानो   आइतबार २३, असार २०८१ ०१:४९

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । हिजो दिउँसो पहिरोले हिरा नेपालीको घर पुर्दा उहाँसहित तीन जना पहिरोमा पुरिएका थिए ।

हिराको शव हिजो बेलुका नै फेला परेको थियो । आज अनिषा बाँस्तोला र श्याम भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी विष्णुबहादुर नेपाली, विशाल तिमिल्सिना, रवि घिमिरे, रुपकुमारी नेपाली र विमल नेपाली घाइते हुनुभएको छ । घाइतेको बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु