धनगढी उप-महानगरपालिका ५ हसनपुरपिपल चौतारा नजिक एक मोबाइल ग्यालरीमा चोरी

छिनोफानो   शुक्रबार २८, असार २०८१ ११:२५

धनगढी । धनगढी उप-महानगरपालिका ५ हसनपुरपिपल चौतारा नजिक एक मोबाइल ग्यालरीमा चोरी भएको छ । उदय प्रताप सिंहले सञ्चालन गरेको श्री राधे मोबाइल ग्यालरीमा बिहीबार राती चोरी भएको हो ।

पसलबाट विभिन्न कम्पनीका मोबाइल,ट्याब ,एरफोन ,स्मार्टवाच र नगद गरि करिब १ लाख भन्दा बढी मूल्यको सामान चोरी गरेको सञ्चालक सिंहले बताए । रातिको समयमा पसलको सटर तोडेर चोरले सामान लगेको सञ्चालक सिंहले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु