धनगढीको मोहना किनारमा लाश भेटियो

छिनोफानो   शुक्रबार २८, असार २०८१ ०१:४८

धनगढी ।    धनगढीको मोहना नदी किनारमा वेवारिसे अवस्थामा शव फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–९ को मोहना नदीको किनारमा बिहीबार वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले बिहीबार दिउँसो नदीको किनारमा अन्दाजी ३०र३५ वर्षको देखिने पुरुषको शव फेला परेको जानकारी दिए । उनको पहिचान भने गर्न सकिएको छैन ।घटनास्थल कार्य सकेर प्रहरीले वेवारिसे अवस्थाको शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

वर्षातको समय भएकाले शव बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु